Tag Archives: featured

आईएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

काठमाडाैं । डिजिटल वालेट ‘आईएमई पे’ले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ। यही भदौ ८ देखि १२ गतेसम्म, ५ दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आईएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कप प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन्। साथै, यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । आज सम्पन्न सञ्चालक समितिको बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मानन्धर बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले ल्यायो Priority Pass सुविधा

काठमाडाैँ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे बैंक लि.ले Priority एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत Priority एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट Priority लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । यो Priority Pass सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. (UK)ले …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीलगायत सम्बन्धित …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैङ्कको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप “तिम्रै लागि” मुद्दती र बचत खाता सार्वजनिक गरेको हो । पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके …

पुरा पढ्नुहॊस »

‘रुस्लान स्टुडियो’ बाट प्रस्तुत हुँदैछन् नेपालभरका ५० बढी कलाकार

काठमाडाैँ । नेपालको प्रख्यात ब्रान्ड, रुस्लानले बुधबार (२३ अगष्ट) एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुवात गरेको छ।  रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ। सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ। कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता …

पुरा पढ्नुहॊस »

निफ्राको सञ्चालकमा प्रवीण सुवेदी नियुक्त

काठमाडौँ । पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी, शङ्कर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगन्ज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति …

पुरा पढ्नुहॊस »

आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० …

पुरा पढ्नुहॊस »