Tag Archives: featured

फोनेपेको नेटवर्कमा नमस्ते पे आबद्द

काठमाडाैं । भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्छन्। सम्झौतामा हस्ताक्षरपछि बोल्दै …

पुरा पढ्नुहॊस »

कुलमान घिसिङले इप्पानसँग भने- जलविद्युत आयोजनालाई ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिन्छौं

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा आइसकेका जलविद्युत आयोजनालाई एकपटकका लागि ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँग प्राधिकरणको कार्यालयमा भएको भेटवार्तामा कार्यकारी निर्देशक घिसिङले ‘हाइड्रोलोजी’ अनुमान गर्न नसकिने विषय भएकाले तोकिएभन्दा कम विद्युत उत्पादन गरिरहेका आयोजनालाई एकपटकका लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका हुन् । इप्पान अध्यक्ष गणेश कार्कीले ‘ग्लोबल वार्मिङ’ का कारण जलविद्युत आयोजनाको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ८ हजार ९ सय …

पुरा पढ्नुहॊस »

सिङ्गटी हाइड्रो इनर्जीको प्रवन्ध सञ्चालकमा सुदिप खड्का सर्वसम्मत

काठमाडाैं  सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १२ र १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभाले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन गरेको हो । सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनि थापा, सुदिप राज गौतम र विजि ग्रुप प्रा.लीको प्रतिनिधि सुनिल केसी र सर्व साधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वचित भएका हुन् । …

पुरा पढ्नुहॊस »

नर्भिक अस्पतालमा कार्डियोलोजीको फ्रि ओपिडी हुने

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । गत शनिबार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारदेखि निरन्तर बढिरहेको सुनको भाउ बुधबार घटेको हो । बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १६७ रुपैयाँ ५३ …

पुरा पढ्नुहॊस »

दिव्यश्वरी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडाैं । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको छ । हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिका लागि कम्पनी र क्याटिलबीच सम्झौता भएको हो । सम्झौतामा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मार्केटि डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेको जनाइएको छ । बम त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरका अध्यक्ष दधिराम निरौला र बुद्घकृष्ण मानन्धरले …

पुरा पढ्नुहॊस »

नबिल बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको थियो । बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरे। शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »