काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०लाभांश घोषणा गरेको छ । बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
तपाईंको प्रतिकृया



