सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु सिंगापुर प्रस्थान

काठमाडौँ । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आ. व. २०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल छ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।

सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडिआरटी हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई समेत गरेको छ ।

एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो- जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ ।

सन् २०२२ का लागि नेपाललबाट एमडिआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।

अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि सम्मेलन महत्त्वपूर्ण मानिने कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस