ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो।

यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो।

जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०% अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ असोज १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज १२ गतेसम्म बाहल रहनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस