लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले नवनियुक्त अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसै अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरूलाई निर्देशन समेत दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस