घट्याे सुनचाँदीकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । बिहीबार १ लाख १२ हजार ८ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ १० रूपैयाँले घटेको छ । बिहीबार १ हजार ४ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ७० रूपैयाँमा कारोवार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री