बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट

काठमाडौं ।  स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ।

उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन्।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआरको अन्तर आबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस