Tag Archives: featured

टाटा मोटर्सद्वारा दसैँ योजना सार्वजनिक

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यो वर्षको दसैँलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ । यस्तै टुर प्याकेज …

पुरा पढ्नुहॊस »

फोटोनले मनायो २८औँ वार्षिकोत्सव

काठमाडौँ । सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औँ वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो । कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको …

पुरा पढ्नुहॊस »

निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा

काठमाडौँ । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । कर्जा प्रदान गर्नेबारे बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बिच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल …

पुरा पढ्नुहॊस »

ओप्पो ए३ सार्वजनिक : उत्कृष्ट खेल अनुभवहरू लिन सकिने, कति पर्छ मूल्य ?

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ । थप सुविधाहरू १००० निट्स अल्ट्रा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीका नाममा ६ हजार ९६९कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो तर अन्य संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति …

पुरा पढ्नुहॊस »

खल्तीले ल्यायो ‘कार सुरक्षा योजना’

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कारसम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ। प्रयोगकर्ताहरूले रु २० हजारभन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र मेडेक्स क्लिनिक बीच २०%सम्मको विशेष छूट सुविधा

काठमाडाैं । ज्योति विकास बैंक र ललितपुरस्थितमेडेक्स मल्टिस्प्यासिलिटी क्लिनिक एण्ड डाइग्नोष्टिक बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । उक्त सम्झौतापश्चात् कम्पनीका ग्राहकहरूले उक्त क्लिनिकमा इन हाउस परीक्षणहरू गराउँदा २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, हालैमात्र कम्पनीले काठमाडौंको टा्रन्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई होटलबाट दिने सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट दिने खाद्य तथा पेय पदार्थमा १५प्रतिशत, पेस्ट्री सपमा १०प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २०प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय मिर्चैयामार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बताएको छ । कार्यक्रममा ७० जनाभन्दा बढी विद्याथीहरुको सहभागिता थियो । कम्पनीका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक, यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । बैंकले प्रयोगकर्तालाई हवाई टिकटमा १०% छुट र अन्य सुविधा दिने गरी कार्ड सार्वजनिक गरेको हो । कार्ड बैंक र यती एयरलाइन्सका सबै ग्राहकले पाउनेछन्। कार्ड प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्ने ग्राहकले १० प्रतिशत छुट र अन्य सुविधा पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ग्राहकले प्रत्येक कारोबारमा माइलेज …

पुरा पढ्नुहॊस »