ज्योति विकास बैंक र मेडेक्स क्लिनिक बीच २०%सम्मको विशेष छूट सुविधा

काठमाडाैं । ज्योति विकास बैंक र ललितपुरस्थितमेडेक्स मल्टिस्प्यासिलिटी क्लिनिक एण्ड डाइग्नोष्टिक बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।

उक्त सम्झौतापश्चात् कम्पनीका ग्राहकहरूले उक्त क्लिनिकमा इन हाउस परीक्षणहरू गराउँदा २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, हालैमात्र कम्पनीले काठमाडौंको टा्रन्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखेर देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको बताएको छ।

कम्पनीले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स …

प्रतिकृया दिनुहॊस