निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा

काठमाडौँ । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । कर्जा प्रदान गर्नेबारे बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बिच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको …

प्रतिकृया दिनुहॊस