टाटा मोटर्सद्वारा दसैँ योजना सार्वजनिक

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यो वर्षको दसैँलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्।

होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ । यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिहेकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।

विस्तृत जानकारी का लागि पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको …

प्रतिकृया दिनुहॊस