कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई होटलबाट दिने सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट दिने खाद्य तथा पेय पदार्थमा १५प्रतिशत, पेस्ट्री सपमा १०प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २०प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री