ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीका नाममा ६ हजार ९६९कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो तर अन्य संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संगठित संस्थाले आगामी भदौ २० गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा- २६, विजयपुर कास्कीमा आफूले किन्न चाहेको शेयर संख्या खुलाएर आवेदन दिन सक्नेछन् ।प्रतिकित्ता शेयरको मूल्य ४५० रुपैयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds