Tag Archives: featured

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार १ अमेरिकी डलरको खरिद दर १३३.१८ रुपैयाँ छ भने बिक्री दर १३३.७९ रुपैयाँ छ । आज १ स्वीस फ्रान्कको बिक्री दर १६७.९६ रुपैयाँ तय हुँदा खरिद दर १४६.८५ रुपैयाँ छ । जापानी येनको बिक्री दर आज ८.७३ रुपैयाँ हुँदा १ जापानी येनको खरिद दर भने आज ८.६१ रुपैयाँ छ । अस्ट्रेलियन डलरको बिक्री दर …

पुरा पढ्नुहॊस »

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर, गर्‍यो आवेदन आह्वान (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटलबाट ‘अन्तिम माया’ गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई गायक नरेन लिम्बुले गाएका हुन् । चलचित्र फर्की फर्किलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी …

पुरा पढ्नुहॊस »

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले १ः०.२७ को अनुपातमा प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र …

पुरा पढ्नुहॊस »

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औँ बैठकले शेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ वर्षाको सम्भावना ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक वदलीकै अवस्था रहने छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »