दुई दिन स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ आज बढेको हो ।

बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको छ । छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस