राजमहलबाट चलचित्रमा ‘डेब्यु’ गर्दै मिस पवि

काठमाडौँ । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । सविनकुमार तोलाङ्गीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यु गर्ने भएकी हुन् ।

टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमार्फत चिनिएकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए ।

फिल्म ‘राजमहल’ मा दरबारको कथा समेटिने निर्माण पक्षले जनाएको छ । सबिनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिंदै छिन् । करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्याण्डसम्म पुगेर केही सिन खिचिने जनाइएको छ । बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after