नेपाल बैंकको सीइओमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि नियुक्त भएका हुन् ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीइओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका थिए । संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता गत बुधबार भएको थियो । ५ जनाको सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, धुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका थिए । जसमध्येबाट पाण्डेयलाई नियुक्त गरिएको हो ।

पाण्डेय तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरेका थिए । भिवोर बैंक पछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । पाण्डेयले त्रिभुवन विश्वविद्यालयबाट एमबीए सम्मको अध्ययन गरेका छन् ।

उनले नेसनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए । उनलाई नेपाल बैंकको बढ्दो खराब कर्जाको रिकभरी र डिजिटलाइजेसनमा बैंकलाई अघि बढाउनुपर्ने चुनौती छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after