नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

काठमाडाैँ । नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बिहिबार बसेको बैठकले लाभांश घोषणा गरेको हो।

जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७९/८० को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०/- (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस