मंगलरबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री