काठमाडाैं । हिमालयन लाइफ ईन्स्योरेन्सले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिने जनाएको हो ।
जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतीत अवधि भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, ५ वर्षदेखि ७ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ३५ र ७ देखि माथि अवधि व्यतीत रहेको बीमालेख नवीकरण गर्दा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्तो छुट अफर कम्पनीले माघ २५ गतेसम्म लागु हुनेछ ।
उक्त छुट पाउन कम्पनीले विभिन्न सर्तहरू पनि अघि सारेको छ । कम्पनीको शर्त अनुसार यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने छ । त्यसैगरी, उक्त छुट सुविधा प्रयोग गरी नवीकरण गरेको बीमालेख २ वर्षभित्र सरेण्डर गरेको खण्डमा नवीकरणको गर्दाको छुट रकम कट्टा गर्ने कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको कुनैपनि शाखा र उपशाखामामा गएर व्यतीत बीमालेख नवीकरण गर्न सकिने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस