काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख …
पुरा पढ्नुहॊस »नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको लगानी, कसको कति सेयर स्वामित्व
काठमाडौं । नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको पनि सेयर स्वामित्व रहेको छ । सरकारसहित २ कम्पनी (सञ्चय कोष र प्रभु लाइफ)को सबैभन्दा धेरै सेयर स्वामित्व रहेको हो । बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ । बैंकमा कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्याउने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीमा पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी वृद्धि गरेर २० अर्ब पुर्याउने निर्णय भएको हो । “बिहान बोर्डको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको छ । …
पुरा पढ्नुहॊस »माघ २२ गते देशभर फिल्म हल बन्द गरिने
काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए । ‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। बैंकले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय सिवाई बेल्हा र श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटर वितरण गरेको हो। यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि …
पुरा पढ्नुहॊस »इप्पान र विद्युत् प्राधिकरण एकै परिवारका सदस्य हुन् : निर्देशक ढकाल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कूल विद्युत् उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत् प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताएका हुन् । इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न …
पुरा पढ्नुहॊस »सानिमा रिलायन्स लाईफले गर्यो बिमा सचेतना कार्यक्रम
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ति ५० कित्ताका दरले सेयर पाएको जनाएको हो । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर …
पुरा पढ्नुहॊस »तीन दिनदेखि लगातार उकालो यात्रामा सुन, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार …
पुरा पढ्नुहॊस »