ल्यायो ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता योजना
काठमाडौं । सर्वोत्कृष्ट सेवाका लागि परिचित सिटिजन्स बैंकले पृथक ‘खाता योजना’ ल्याएको छ । बैंकले नयाँ वर्ष सन् २०२४ को अवसरमा ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले पैसाको मात्र कारोबार गर्दैन, सामाजिक दायित्व पनि पूरा गर्न भन्ने सकारात्मक सन्देश दिनको लागि पृथक खालको योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले पछिल्लो समय बढ्दो जनसंख्याका कारण भइरहेको वन विनासलाई रोक्न टेवा पुग्नुका साथै जंगल जोगाउन सघाउने बैंकको विश्वास छ । कुनै ग्राहकले सिटिजन्स बैंकमा खाता खोल्यो भने उक्त ग्राहकको नाममा बैंकले एउटा रूख रोपिदिने भएको हो ।
बैंककाअनुसार ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ नाराका साथ ‘एक खाता, एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याइएको छ । सन् २०२४ भरी ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाता बराबर एक वृक्षारोपण गर्ने छ । यो प्रकारको स्मार्ट बचत खाता खोल्न ग्राहकहरुले निःशुल्क डिम्याट खाता खोल्नेदेखि एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सम्मको सुविधा पाउनेछन् ।
सिटिजन्स बैंकको ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता न्यूनतम शून्य ब्यालेन्समा खोल्न सकिनेछ । स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुले ४.१५ प्रतिशत ब्याजदर पाउनेछन् । खाता खोल्ने ग्राहकहरूले पहिलो १ वर्ष निःशुल्क डिक्याट खाता खोल्ने सुविधा पाउनुका साथै ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबार गर्न समेत पाउने बैंकको भनाई छ ।
जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्न कुनै पनि शुल्क लाग्ने छैन । भने यसका साथै बैंकका डिजिटल प्रोडक्टहरुमा हरेका वर्ष स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् ।
बैंकले कुन ठाउँमा वृक्षारोपण गर्ने भनेर स्थान भने तोकेको छैन । खाता संख्याको आधारमा ठाउँ तोक्ने बैंकको योजना छ । साथै बैंकले वृक्षारोपण गर्ने समयमा सबै खातावाल ग्राहकहरूलाई बोलाउने छ । रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्ने पनि ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाताको विशेषता हो ।
यसअघि बैंकले गत वर्ष ३ सय रूख रोपेको थियो । आफैं रुख रोप्नुभन्दा ग्राहकहरूको नाममा रोप्न पाइएमा आम नागरिक र खातावालामा पनि सकारात्मक सन्देश प्रवाह हुने बैंकको भनाई छ ।




