Tag Archives: featured

गरिमा क्यापिटलले एक अर्ब रुपियाँको ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तरगत ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिने भएको छ । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ गत माघ महिना २८ गते नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गरिएको हो । प्रस्तावित योजना अन्तर्गत १० रुपियाँ अंकित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त …

पुरा पढ्नुहॊस »

इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम

काठमाडौं । व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार पाउने कम्पनीले जनाएको छ । वुलिंग गाडी २०० किमी र ३०० किमीमा उपलब्ध छ, भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ बर्ष को वारेन्टी पाउन सकिने साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध …

पुरा पढ्नुहॊस »

सीता रामको नयाँ प्रोडक्ट स्पेसल मिल्क फर टि एन्ड कफी

काठमाडाैं । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रालिले मिति २०८० फाल्गुण १ गतेबाट बजारमा ‘सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी’ भित्राएको छ । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् । सो दुधले चिया र …

पुरा पढ्नुहॊस »

विश्वकप लिग २ का खेलहरू डिसहोमको एक्सन स्पोर्ट्स HD1 ले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । डीस होम एक्सन स्पोर्ट्स एचडी वानले भोलि बिहीबारदेखि सुरु हुन लागेको आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रसारण गरेको यस टेलिभिजनले लिग २ का सबै ६ खेलको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । त्यस्तै, एक्सन स्पोर्ट्सको युट्युब र डिसहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने जानकारी डिस होम एक्सन …

पुरा पढ्नुहॊस »

काठमाडौं । वसन्त पञ्चमीको शुभ अवसरमा लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । उद्घाटन समारोहमा काठमाडौं उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि मनाइएका नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै शर्माले लजगा हस्तकलाका सृजनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे । सो कार्यक्रममा बोल्दै लजगा हस्तकलाकी संस्थापक कल्पना श्रेष्ठले नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन । …

पुरा पढ्नुहॊस »

कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​

काठमाडौं । बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​ बैंकले बुधवार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको जनाएको हो । ‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकका मुख्य …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ कर्जा योजना, ब्याजदर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष ०८१ लाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले महालक्ष्मी घरकर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत महालक्ष्मी घरकर्जा र महालक्ष्मी व्यावसायिक कर्जा १० दशमलव ९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तीनै प्रकारका कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले बैंकिङ सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका …

पुरा पढ्नुहॊस »

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज एकैदिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको हो । छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँले किनबेच भइरहेको छ । मंगलबा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख …

पुरा पढ्नुहॊस »

एक महिनाभित्रमा हेटौंडा सबस्टेसन निर्माण सकिने

काठमाडौँ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस …

पुरा पढ्नुहॊस »