गरिमा क्यापिटलले एक अर्ब रुपियाँको ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तरगत ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिने भएको छ ।

गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ गत माघ महिना २८ गते नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गरिएको हो ।

प्रस्तावित योजना अन्तर्गत १० रुपियाँ अंकित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ । संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने सीईओ निर्मल भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस