Tag Archives: featured

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा गोरखाको फुजेलमा पनि

गोरखा । माछापुच्छ्रे बैंक लिमिटेडले गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ फुजेल ढाबेमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा माघ ८ गतेबाट यो सेवा सुचारु गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतीनिधी धादिङ गजुरी शाखाका शाखा प्रमुख रमेश सोडारीसहित स्थानियको बक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतीत्व गरेका अनुप अर्यलाले आफ्नै घर गाउँमा  बैकिङ्ग सुबिधा प्राप्त  हुने भएपछी  स्थानिय हर्षित भएको बताएका छन ।  यो सहित माछापुच्छ्रे …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा पौने अर्ब, कस्ता छन् अरु सूचांक ?

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथास्कुल विश्वविद्यालयको तर्फकाट डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरे । सम्झौतापत्रमा बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यबस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा अध्ययनरत विद्यार्थिहरुलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने लगायत विविध विषयहरु …

पुरा पढ्नुहॊस »

देव विकास बैकको शाखा बर्दिया जिल्लाको मगरागढीमा

काठमाडौं । देव  विकास बैकको बैकिङ्ग वर्दिया जिल्ला बरवर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट विप्रेषण, सि एएसबिए, एसएमएस रइन्टरनेट व्याकिङ्ग, भिसा डेबिटरएटिएम कार्ड, ई व्याकिङ्ग, लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक  प्राप्त गर्न सकिने छ ।  

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल बैकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी ,संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनीका उप प्रवन्धक अन्जन ढकाल …

पुरा पढ्नुहॊस »

एशियन लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी  र सिभिल बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरे ।सम्झौता पश्चात  बैंकका ग्राहकहरुले ७१ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई स्वेटर बाँड्यो

वीरगंज। सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए । २०५४ सालमा स्थापना भएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले बढायो २७ प्रतिशत नाफा, सीसीडी खुकुलो बन्दै

काठमाडौं । कुमारी बैंकले यो आर्थिक वर्षको पुस महिनासम्म अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पुगेको छ । तीन महिनाकाे अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैंया वृद्धि गरेको छ । बैंकले …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंक डडेल्धुरा शाखाद्धारा झण्डै २५ करोड क्रण लगानी

डडेल्धुरा । कृषि विकास बैंक शाखा डडेल्धुराले झन्डै २५ करोड ऋण लगानी गरेको छ । बैंकले २४ करोड ६४ लाख ६३ हजार क्रण लगानी गर्न सफल भएको शाखा प्रमुख चक्रबिर भण्डारीले बताउए । साथै बैंकले समय अनुकुल ग्राकह सेवाहरु मध्ये एटिएम सेवा, मोबाईल बैकिङ सेवा, एसएमएस बैकिङ सेवा, रेमिट लगायतका सेवाहरु सञ्चालन गर्नुका साथै सुनकर्जा, घरकर्जा, कृषि कर्जा, पशुपालन कर्जा, व्यापार व्यक्तिगत कर्जा र स्वरोजगार कर्जा प्रदान गरेको उनले जानकारी …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब एशियन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »