सिद्धार्थ बैंकको नाफा पौने अर्ब, कस्ता छन् अरु सूचांक ?

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब पुर्याएको छ । बैंकको ब्याज आम्दानी ६ अर्ब ८ करोड कायम छ भने ब्याज खर्च ३ अर्ब ७९ करोड रुपैंयाँ गरेको छ ।

सिद्धार्थले २ अर्ब २८ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया रहेको छ । सिद्धार्थको खराब कर्जा १.६४ प्रतिशत छ भने आधार ब्याजदर १०.५९ प्रतिशत रहेको छ । ७८.७७ प्रतिशत सिसिडी रहेको बैंकको कस्ट अफ फण्ड७.४२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २५.३२ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after