Tag Archives: featured

महालक्ष्मी विकास बैंकले गर्यो सरसफाई तथा वित्तीय चेतनामुलक कार्यक्रम

काठमाडाैँ । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ कारोबार सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो । बैंकले सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । साथै, आगामी …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको चौरपाटीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री फपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिती थियो ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ऋणपत्र ५ वर्षका लागि १० प्रतिशत ब्याजमा

काठमाडौं। सनराइज बैंक (SRBL)ले एक अर्ब रुपैयाँ बराबरकोे दश लाख युनिट ऋणपत्र ५ वर्षका लागि १० प्रतिशत ब्याजमा जारी गर्ने अनुमति पाएको छ । जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० हुने छ । बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिने तथा बाँकी ६० प्रतिशत अर्थात …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो । उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । उक्त सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र एनबिआईबीच समझदारीपत्रमा हस्ताक्षर, विकास बैंक मध्ये पहिलो

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् । बिकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ । उक्त समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा ताप्लेजुङको फुङलिङमा

काठमाडौँ । प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा  कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त  शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका बीच समुद्घाटन गरे । बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंककोसेवा उपभोग गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

नेपाल क्रेडिट एण्ड कमर्सको नयाँ शाखा बैतडीको मेलौलीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७  मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त …

पुरा पढ्नुहॊस »

नेशनल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५ सय ८९ दशमलव ४३ तोेकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. ९ सय ९० दशमलव ७१ लिएको हो ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्धारा निशुल्क स्वास्थ्य सिविर सञ्चालन

काटमाडौं । कामना सेवा विकास वैंक को कुश्मा शाखाले वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग नगरपालिका १४, नाराणस्थान मा शनिवार निशुल्क स्वास्थ्य सिविर संचालन गरकेको हो । शिविरवाट नारायणस्थान कैया, सरङ्गे लगायत क्षेत्रका १६३ जना महिला तथा पुरुष विरामिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेले बताए । स्थानिय आयोजक लायन्स कलवअफ र्पवत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा संचालित सिविर को प्रमुख अतिथि धौलागिरी अञ्चल अस्पताल वाग्लुङ्गका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. …

पुरा पढ्नुहॊस »