ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनी लिमिटेडको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरेका छन् । उक्त एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको कुल चुक्ता पूँजी ३० करोड रहेको छ ।

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्स, संग सफल मर्जर गरिसकेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस