Tag Archives: featured

कालीमाटीमा देवः विकास बैंकको नयाँ शाखा, विद्यासुन्दरले गरे उद्घाटन

काठमाडौँ । देवः विकास बैंक लि.ले काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा नयाँ शाखा सञ्चालन गरेको छ । शुक्रबार एक समारोह बीच शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा मन्तव्य दिंदै काठमाडौंं महानगरपालिकाका प्रमुख शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ३५ जिल्लामा गर्यो बीमा जागरण कार्यक्रम, ६३ सयको सहभागिता

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गरेको छ । २०७५ माघ २७ गतेबाट कारोबार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश …

पुरा पढ्नुहॊस »

४२ स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा

काठमाडौँ । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पु¥याई …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन खोल्यो तीन वटा शाखा

काठमाडौँ । गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीेले उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु गरे । उक्त कार्यक्रमहरुमा स्थानीय वडाध्यक्ष, पत्रकार, समाजसेवी, सुभेच्छुक, शुभचिन्तक सर्वसाधारण र अन्य प्रतिष्ठित व्यक्ति ब्यक्तित्वहरुको …

पुरा पढ्नुहॊस »

कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे । उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । …

पुरा पढ्नुहॊस »

सिरहाको भगवानपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौँ । एनआई सी एशिया बैंक लि.ले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १, मा शाखा कार्यालय स्थापना गरी सेवा शुरु गरेको छ । गाउँ पालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।

पुरा पढ्नुहॊस »

पोखरा फाइनान्सद्धारा बैंकिङ साक्षरता,सफा नोट अभियान -याली सम्पन्न

काठमाडाैँ । पोखरा फाइनान्सले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा चैत्र १ गते बैंकिङ साक्षरता एवं सफा नोट अभियान ¥याली सम्पन्न गरेको छ । संस्थाको बाँझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त -याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा आई समापन गरिएको थियो । हाल फाइनान्सको चुक्ता पुँजी ८५.७२ करोड रहेको छ । वित्तीय संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु …

पुरा पढ्नुहॊस »

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं । १०औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा दिने भएको हो । चैत ८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुने इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलनका लागि उक्त सेवाको लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच चैत १ …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० % छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ । हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच सम्झौता

काठमाडाैँ ।कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुखसुवास भट्टराई र हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार अब बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो …

पुरा पढ्नुहॊस »