Tag Archives: featured

मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

मुक्तिनाथ विकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप रु‍ तिस हजारकाे चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद कृष्ण प्रसाद खनालले संयुक्तरुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर …

पुरा पढ्नुहॊस »

भव्य भयो इलाम साहित्य महोत्सव 

इलाम । इलाम साहित्य समाजले सिर्जनशील अराजकता आन्दोलनका अभियन्ता साहित्यकार हाङयुग अज्ञातलाई सद्भावनादुत चयन गरेसंगै यस वर्षको इलाम साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ।  दुई दिन आयोजना गरिएको महोत्सवमा रोल्पा, काठमाडौँ, चितवनलगायत टाढाटाढाबाट आएका विष्णु सन्न्यास, नविन प्यासी, विवस बाबु, बच्चु हिमांशुलगायत तीन दर्जन कवि तथा गजलकारहरु प्रस्तुत भएका थिए। कार्यक्रमको सुरुवात गायक अशोक मुकारुङद्वारा ‘इलामे शहर चियाबारी राम्रो’ गीत गाएर गरिएको थियो । सोही क्रममा बैरागी काइँलाका सङ्कलित कविताहरुको …

पुरा पढ्नुहॊस »

कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आयाे– रामचन्द्र पौडेल

दाङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको भनेका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने तथा पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने विचार व्यक्त गरे । “अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलकाे भनाइ थियाे । नेता …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाकाे खातावालाहरुलाई बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनामा विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएकाले श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४ लाख ९१ हजार २५३ रुपैयाँ भुक्तानी दिएकाे छ । बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६ हजार …

पुरा पढ्नुहॊस »

मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह तथा गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यो प्राप्ती गरिसकेपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले जानकारी गराए । गण्डकी विकास बैंकको …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्स ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आगामी २ वर्षमा निर्जीवन बीमातर्फ नेपालको नम्बर वान बीमा कम्पनी बन्ने वताएकाे छ । ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले दुई वर्षमा नम्बर वान बन्ने आधारहरु धेरै भएकाे वताएका छन् । विगत दुई वर्षमा कम्पनीको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको छ । आगामी दुई वर्षमा उच्च दरको वृद्धि हासिल गर्ने …

पुरा पढ्नुहॊस »

नविता र निशान भट्टराईको ‘बरिलै’ सार्वजनिक

काठमाडौं । गायिका नविता पौड्याल र गायक निशान भट्टराईको  ‘बरिलै’ बोलको गीत  बजारमा सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको लय संकलन र शब्द रहेको छ भने उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका छन  ।  सुरेन्द्र बसेलको कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका छन ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज २ गते पेप्सीकोला ,असोज ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो । त्यसैगरी  असोज १० देखि १५ गतेसम्म बिर्तामोड, मिरचैंया, नेपालगञ्ज, सुर्खेत र लम्कीलगायत देशभर विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको  बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंककाे ‘कम्प्युटर सिस्टम’ ह्याक, चार करोड चोरी

काठमाण्डौ । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ लुटिएको छ ।प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो । ‘हामीले पाएको प्रारम्भिक जानकारी अनुसार तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको छ, घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको …

पुरा पढ्नुहॊस »

एक अर्वको “सनराइज म्युचुअल फण्ड” निष्काशन हुँदै

काठमाडाैँ । १ अर्बको सनराइज म्युचुअल फण्ड निष्कासन हुने भएको छ। सनराइज क्यापिटलले व्यवस्थापन गर्नेगरी १० वर्षका लागि उक्त योजना निष्कासन हुने भएको हो। यसमा १० रुपैयाँ अकिंत दरको १० करोड इकाइमा १५ प्रतिशत कोष पर्बर्द्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित हुने छ। त्यसबाट बाँकी ८५ प्रतिशत सर्वसाधारणका लागि खुला हुने छ। ‍यो योजनाको सुपरीवेक्षण पूर्व गृहसचिव चण्डी प्रसाद श्रेष्ठ, पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds