Tag Archives: featured

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५ हरिसिद्धिमा र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

पुरा पढ्नुहॊस »

इभेष्टमेन्ट बैंकले सुरु गर्यो पेमेन्ट गेटवे सेवा

काठमाडौं । घटस्थापनाको शुभ अवसर पारेर नेपाल इभेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नै पेमेन्ट गेटवे आरम्भ गरेको छ । यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय(रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्दछ । प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित …

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्स एजीएम : ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने

काठमाडौं । यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा २०७६ आश्विन  १२ गते सम्पन्न भएको छ । साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव सहित सम्पुर्ण …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नर (के.जे. देव कर्नर ) बीच सहकार्य

काठमाडाै । मुक्तिनाथ विकास बैंक लि. र के.जे. देव कर्नर काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक श्री रिजु तुलाधरले हस्ताक्षर गर्नुभएको …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा असोज १० गते शुक्रबार बैंकको शेयरमूल्य समायोजन भएको हो ।   बैंकले गत आर्थिक वर्षको २०७५ \०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २३१ रुपैयां शेयरमूल्य कायम गरेको छ ।  लाभांश अनुमोदन गर्न बैंकले  असोज …

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको तेह्रौं साधारण सभा सम्पन्न

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाडौँको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयहरु छलफल भई पारित गर्ने निर्णय गर्यो । कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक एजीएमः १ अर्ब ८५ करोड लाभांश वितरण गर्ने

काठमाडौं । एन आई सी एशिया बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित चार नयाँ खाता

काठमाडौँ । गैर आवासीय नेपाली(एनआरएन)लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँखाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँखाताहरुमा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता रहेका छन् । अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई बचत खातामा तथा मुद्दति निक्षेपमा वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एलसीवाई मुद्दति …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकद्वारा अपाङ्ग बाल अस्पताललाई २५ लाख आर्थिक सहयोग प्रदान

काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई बिहीबार पच्चीस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ । उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपाङ्ग बाल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको १३ औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा  सम्पन्न भएको छ । यस अवसरमा आ.व. २०७५÷७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५÷७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds