फाइल तस्वीर

कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आयाे– रामचन्द्र पौडेल

दाङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको भनेका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने तथा पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने विचार व्यक्त गरे ।

“अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलकाे भनाइ थियाे । नेता पौडेलले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने पिन वताए । अब कांग्रेस कर्मशिल हुनुपर्ने भनाइ राखे ।

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको समेत धारणा राखे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds