कृषि विकास बैंककाे ‘कम्प्युटर सिस्टम’ ह्याक, चार करोड चोरी

काठमाण्डौ । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ लुटिएको छ ।प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो ।

‘हामीले पाएको प्रारम्भिक जानकारी अनुसार तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको छ, घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको जानकारी पाएका छौँ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले  भने ।

ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिए । यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

यसअघि गएको महिनामा  पनि चिनियाँ ह्याकरहरुले नेपाल र भारतमा एटीएम ह्याक गरेर तीन करोड रुपैयाँ भन्दा धेरै रकम चोरी गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप