एनआईसी एशियाकाे खातावालाहरुलाई बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनामा विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएकाले श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४ लाख ९१ हजार २५३ रुपैयाँ भुक्तानी दिएकाे छ ।

बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६ हजार ५ सय १९ नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७ हजार ९ सय ३३ कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९ हजार ९ सय ४ झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १० हजार ४ सय ३९ झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८ हजार ७ सय पचास रुपैयाँ भुक्तानी गरेको बताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस