Tag Archives: featured

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल …

पुरा पढ्नुहॊस »

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो । बुधबार काठमाडौँ, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी …

पुरा पढ्नुहॊस »

बिजनेस इन्टरेष्ट ग्रुपको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । बिजनेस इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ४५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा बिजनेस इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यावसायिकता र दिगोपना, उत्पादन प्रवर्द्धन, उत्पादकत्व …

पुरा पढ्नुहॊस »

नबिल बैंकको सीईओमा थप दुई वर्ष ढुंगाना नै

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको छ। जेठ २ मा बसेको सञ्चालक समिति बैठकले आगामी असार १७ देखि लागू हुने गरी सीईओमा ढुंगानालाई नियुक्त गरेको हो। उनले ०७९ असार १७ देखि नबिल बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।

पुरा पढ्नुहॊस »

सुजल डेरीको रश बदाम ड्रिंक बजारमा

काठमाडौँ । सुजल डेरी प्रा लि ले नवीनतम ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ । रश बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सन्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ । रश बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रश बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा …

पुरा पढ्नुहॊस »

सीजीले नेपालमा भित्र्यायो बेलायती ‘नथिङ फोन टू’, यस्तो छ मूल्य र फिचर

बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो। कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो। नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ। गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ। १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ। एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ …

पुरा पढ्नुहॊस »

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले …

पुरा पढ्नुहॊस »

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरबाट रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई …

पुरा पढ्नुहॊस »

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा करोडौंको अफर

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण जेठ १ गतेबाट शुरु गरेको छ। यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठूलो,अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले बताएको छ। यो अफर अन्तर्गत ५ जनाले Pulsar NS 200 FI ABS बाइक जित्न सक्नेछन् भने अन्य विजेताले iPhone 15, Honor X7B स्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन,माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता …

पुरा पढ्नुहॊस »