काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण जेठ १ गतेबाट शुरु गरेको छ। यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठूलो,अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले बताएको छ।
यो अफर अन्तर्गत ५ जनाले Pulsar NS 200 FI ABS बाइक जित्न सक्नेछन् भने अन्य विजेताले iPhone 15, Honor X7B स्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन,माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् ।
यसका साथ हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्डमार्फत् उपहारहरू जित्ने मौका पाउनेछन् ।
जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने २ महिनाको यस जात्रा अवधिलाई चार वटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू को लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् ।
हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डको Pulsar NS 200 FI ABS का लगि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि Pulsar NS 200 FI ABS जित्ने ५ वटा मौकाहरू छन् ।
बोनस राउन्डमा पुग्ने प्रयोगकर्तामा १ जनाले Pulsar NS 200 FI ABS , १ जनाले Gaming Laptop र १ जनाले Honor X7B स्मार्टफोन जित्नेछन् ।
प्रतिकृया दिनुहॊस