काठमाडौं । कामना सेवा विकास बैंक र ओम्नी मोटर्स प्रा.लि.बीच व्यापार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्सको तर्फबाट निर्देशक उदय नकाब्राले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार ओम्नी मोटर्स मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भरतबेञ्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
पुरा पढ्नुहॊस »सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन
काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ मिति २०७६ पौष २८ गते देखि माघ ४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन भइरहेको छ । गत प्रर्दशनीहरुको अवलोकन कर्ताहरुको उत्साह र सहयोगलाई मुल्याकंन गर्दै यस वर्ष पनि सातौँ प्रर्दशनी भव्यताका साथ सम्पन्न गरिदैछ । नेपाल छाला जुत्ता …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा पीडित चमेली तामाङलाई राहत सहयोग
काठमाडौं ।मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो । उक्त सहयोगमा सामाग्रीहरु बैंकको …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर
काठमाडौँ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई न्यानो कपडा वितरण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको वितरण गरेको छ । कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका …
पुरा पढ्नुहॊस »बैंकहरुले मागे ब्रोकर लाइसेन्स
काठमाडौँ । बैंकरहरुले सरकारसँग ब्रोकर लाइसेन्स माग गरेका छन्। बैंकर्स संघले अर्थ समितिको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्यायन उपसमितिलाई पत्र पठाउँदै लाइसेन्स माग गरेका हुन्। बैंकलाई लाइसन्स दिँदा हुने ७ फाइदा प्रष्ट पार्दै बैंकर्स संघले पठाएको हो। पत्रमा बैंकर्स संघले बैंकलाई लाइसेन्स दिँदा लगानी कर्तालाई सहज हुने तर्क गरेको छ। अहिले नेपाल राष्ट्र बैंकले नै वित्तीय पहुँचमा जोड दिएकाले ७ सय ४३ स्थानीय तहमा बैंक पुगिसकेकाले बैंकलाई ब्रोकर …
पुरा पढ्नुहॊस »मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल लाई तीन लाख रुपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रुपैंयाको चेक हस्तान्तरण गरे । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
पुरा पढ्नुहॊस »मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित …
पुरा पढ्नुहॊस »एनएमबि बैंकको अध्यक्षमा पवनकुमार गोल्यान पुनःनिर्वाचित
काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो । गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्यान, एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, …
पुरा पढ्नुहॊस »सेलपे सेवाको कारोवार सीमा थप
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट P2P रकम स्थानान्तरण एक पटकमा रु.२५ हजार, दैनिक रु.१ लाख र मासिक रु. ५ लाख सम्म गर्न सक्नेछन । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै …
पुरा पढ्नुहॊस »