मुसहर र नेटुवा बस्तीका दुई सय बालबालिकालाई मेगा बैंकको न्यानो कपडा

उदयपुर । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरे ।

चिसोका कारण विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस