नेपाली बैंकमा गो–एएमएल सफ्टवेयर लागू, झन्झटिलो बन्यो बैंकिङ प्रणाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ नीतिका कारण बैंकिङ कारोबार झन्झटिलो बनेको छ । राष्ट्र बैंकले बुधबारदेखि लागू हुनेगरी ल्याएको नयाँ नीतिमा अर्को व्यक्तिको खातामार्फत बैंकिङ कारोबार गर्नुपर्दा कारोबार गर्ने व्यक्तिले आफ्नो तीन पुस्ते विवरण भर्नुपर्ने भएको छ ।

त्यतिमात्रै होइन १० लाख भन्दा बढी कारोबार गर्ने जुनसुकै व्यक्ति वा सोभन्दा कम कारोबार गरे पनि बैंकले शंकास्पद मानेमा जतिसुकै कारोबार गर्ने व्यक्तिले समेत बैंकले मागेका सूचनाहरु दिनुपर्ने अवस्था नयाँ नीतिबाट आएको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि ल्याइएको ‘एन्टी मनि लाउण्ड्रिङ सिस्टम’ अर्थात गो–एएमएल सफ्टवेयर लागू भएसँगै यस्तो अवस्था आएको हो ।

सबै ‘क’ वर्गका बैंकमा बुधबारदेखि यो सफ्टवेयर व्यवहारिक रुपमा कार्यान्वयनमा आएसँगै बैंकहरुले ठूला तथा शंकास्पद कारोबारहरुको रिपोर्टिङ अनलाइन सफ्टवेयरमार्फत गर्नेछन् । विकास बैंक तथा फाइनान्स कम्पनीहरु हकमा भने यो सफ्टवेयर आगामी असार मसान्तदेखि मात्रै अनिवार्य गरिएको छ । नयाँ व्यवस्थासँगै बैंकिङ कारोबार लामो समय लाग्ने र झन्झटिलो हुने भनिए पनि नेपाल राष्ट्र बैंक भने सफ्टवेयर लागु हुँदैमा बैंकिङ कारोबार प्रभावित नहुने दावी गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री