देव विकास बैंकलाई कुमारी बैंकले एक्वायर गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । लामो समयदेखि छलफलमा रहेका कुमारी बैंक र देव विकास बैंकबीच एक्विजिसनका लागि बुधबार समझदारी जुटेको कुमारी बैंकका एक जना सञ्चालकले जानकारी दिए । ती संचालका अनुसार कुमारीले देवलाई १००ः८६ को अनुपातमा लिने प्रारम्भिक समझदारी भएको छ ।

कुमारीले देवलाई लिएपछि राष्ट्रियस्तरको विकास बैंकको संख्या ८ मा झर्ने छ । राष्ट्रियस्तरका अहिले ११ ओटा विकास बैंक अस्तित्वमा छन् । यसअघि कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले र गण्डकी विकास बैठकलाई मेगा बैंकले प्राप्ति गर्ने सम्झौता गरिसकेका छन् ।
क्षेत्रीय विकास बैंकहरुमध्ये पनि सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले लिँदैछ । उता सहारा विकास बैंकसँग देव विकास बैंकले नै एक्वायर गर्ने सम्झौता गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान अनुसार सहारालाई लिएपछि मात्रै देव विकास बैंक कुमारीमा विलय हुन सक्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस