खेल

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन …

पुरा पढ्नुहॊस »

खेलकुदलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताउनुभएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो। चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो …

पुरा पढ्नुहॊस »

दशौं राष्ट्रिय खेलकुद २ वर्षपछि कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेका छन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराएका थिए। परिषद्को ११५ औं बोर्ड बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने निर्णय …

पुरा पढ्नुहॊस »

सन्दीपविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै

यसअघि दुईपटक गरी १२ दिनको म्याद थप भए पनि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान बाँकी रहेकाले पुनः थप्ने निर्णय भएको प्रहरीको भनाइ बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका लामिछानेविरुद्ध बुधबार प्रहरीले तेस्रोपटक म्याद थप्दैछ । थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी थप सात दिन म्याद थप्ने निर्णयमा पुगेको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध यसअघि दुईपटक सात र पाँच दिनको म्याद थप गरिसकेको छ। उनलाई हाल प्रहरी …

पुरा पढ्नुहॊस »

करातेमा पुलिस अब्बल, चार स्वर्ण आफ्नो पोल्टामा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ। पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ। पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ। आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब पनि करातेमाा बलिया देखिएका छन्। त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एफिएफ क्लब दुई …

पुरा पढ्नुहॊस »

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

काठमाडाै । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिवार हिजाे भएको खेलमा विभागीय टोली पुलिस क्लवकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी …

पुरा पढ्नुहॊस »

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज, ६ हजार १५७ खेलाडी प्रतिस्पर्धामा

पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ। नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ। सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुग्नुभएको छ। यसअघि कुल सात हजार सात सय ९९ खेलाडी …

पुरा पढ्नुहॊस »

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि हक्की खेल हुँदै

नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ। हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनुभयो। गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो। उहाँले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेको गुनासो गर्नुभयो। समयमा खेल …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहाबाट विहिबार बिहान काठमाडौँ आएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । कतार एयरवेजको क्यूआर ६४८ विमानबाट स्वेदश फर्किएका सन्दीपलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सन्दीपलाई अहिले गौशाला प्रहरी वृतमा लागिएको छ । खराब मौसमका कारण सन्दीप आएको विमान निर्धारित समयभन्दा ढिलो अवतरण भएको थियो । यस अघि सन्दीपले सामाजिक सञ्जाल …

पुरा पढ्नुहॊस »

भारतले दक्षिण अफ्रिकालाई १६ रनले हरायो

काठमाडौं । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन …

पुरा पढ्नुहॊस »