महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

काठमाडाै । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिवार हिजाे भएको खेलमा विभागीय टोली पुलिस क्लवकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थान हात पारिन्।

एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे ।

महिलातर्फ एपीएफका फूलमती रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभूवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । फूलमतीले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बूले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस