खेल

एमबाप्पे बने सर्वाधिक गोलकर्ता

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लेन्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलीयन एम्बाप्पे, भितीहा र लियोनेल मेसीले एक एक गोल गरेका थिए । लेन्सका लागि फ्र्यान्कोस्कीले एक गोल फर्काएका थिए । लेन्सविरुद्ध गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं …

पुरा पढ्नुहॊस »

मेस्सीलाई साउदी क्लबबाट आयो बम्पर अफर

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई बम्पर अफर आएको छ । मेस्सीलाई साउदी प्रो लिग क्लब अल हिलालले बम्पर पारिश्रमिक अफर गरेको हो । क्लबले उनलाई वार्षिक ३५० मिलियन पारिश्रमिक दिने औपचारिक अफर गरेको छ । आगामी जुन ३० सम्म फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका मेस्सीलाई अल हिलालले गरेको अफरले फुटबल क्षेत्रमा नयाँ तरंग ल्याएको छ । मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्न आनाकानी गरिरहेको बेला अल हिलालले यो अफर …

पुरा पढ्नुहॊस »

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमले एक स्थान सुधार गरेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १४औँ स्थानमा उक्लिएको हो । नेपाल यसअघिको वरीयतामा १५औँ स्थानमा थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को मा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार भएको छ । अब आइसीसीको वरीयतामा एसोसिएट राष्ट्रमध्ये स्कटल्यान्ड मात्र नेपालभन्दा माथि रहेका छन् । नेपालभन्दामाथि स्कटल्यान्ड १२औँ स्थानमा रहेका …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनौट : घरेलु मैदानमा भियतनामको सामना गर्दै नेपाल

काठमाडौँ । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग खेल्ने भएको छ । समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो । समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो …

पुरा पढ्नुहॊस »

नेपाललाई प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नेपालले लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको हो । १-० गोलले पछि परेको नेपालले खेलमा कमब्याक गर्दै खेल जितेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरेका थिए । नेपालका लागि खेलको २४औं मिनेटमा आयुषले गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको ८७औं मिनेटमा …

पुरा पढ्नुहॊस »

थ्री नेसन्स कप : उपाधिका लागि लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ । नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल-२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहको विजेता टोली …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सार्न उनका वकिलले माग गरेका छन् । सन्दीपको मुद्दामा सुनुवाइका लागि सोमबार पेशी तोकिएपछि सन्दीपका वकिलले उनको मुद्दा सार्न माग गरेका हुन् । सन्दीपलाई जेलमा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलाशमा सुनुवाईका लागि पेशी तोकिएको भन्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उनको मुद्दा सार्न माग गर्दै निदेदन दिएका हुन् । उनका अनुसार थुनामा पठाउने न्यायाधीशकै इजलाशमा उक्त मुद्दामा सुनुवाई गर्न प्राविधिक रुपमै नमिल्ने भन्दै उनले अदालतको …

पुरा पढ्नुहॊस »

विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्‍यो ब्राजिल

काठमाडौँ । विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए । हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा …

पुरा पढ्नुहॊस »

महिला फुटबलको वरियतामा नेपालको ३ स्थान सुधार

काठमाडौं । फिफा महिला वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थार सुधार गर्दै शीर्ष १०० मा पर्न सफल भएको छ । यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा उक्लिएको छ । एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ । गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल २-२ …

पुरा पढ्नुहॊस »