खेल

क्रिकेटका विजेता खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेले एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई ३ लाख रुपैयाँ दिने निर्णय भएको बताइन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय …

पुरा पढ्नुहॊस »

युएईलाई सहजै हराउँदै नेपाल पुग्यो एसिया कपमा

काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो । युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ६७ रन बनाए भने भीम सार्कीले ३६ रन बनाएका थिए । त्यसअघि नेपालले लगातार तीन विकेट …

पुरा पढ्नुहॊस »

वर्षाले रोकियो नेपाल र युएईबीचको फाइनल खेल

काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको खेल वर्षाले रोकिएको हो । आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । युएईले अहिलेसम्म आफ्ना शीर्ष ५ विकेट गुमाएको छ । खेल रोकिँदासम्म युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ । अहिले युएईका आसिफ खान १५ रन र बसिल हमिद ६ …

पुरा पढ्नुहॊस »

कतारविरुद्ध नेपालको शानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल अन्तर्गत नेपालले कतारमाथि शानदार जित हासिल गरेको छ । नेपालले १५८ रनको लक्ष्य पछाएको कतारलाई २५.१ ओभरमा ८९ रनमा अलआउट गर्दै ६८ रनको शानदार जित हासिल गरेको हो । कतारका लागि जाहीर इब्राहिम र खुराम शाहजाडले १५-१५ रन बनाए भने अमिर फारुकले १४ रन बनाएका थिए । कतारका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपाली बलर सन्दीप लामिछानेले सर्वाधिक …

पुरा पढ्नुहॊस »

सन्दीपको मुद्दामा पाँच जनाको बहसपछि सुनुवाइ स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार जनाको बहसपछि इजलासबाटै सुनुवाइ स्थगित भएको जाहेरवालाको तर्फबाट उपस्थित अधिवक्ता शशि अधिकारीले जानकारी दिइन् । जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजी वकिलहरुले सोमबार दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म बहस गरेका थिए । ‘जाहेरवालाको तर्फबाट थप प्रमाण झिकाउन आदेश माग गरिएको भए …

पुरा पढ्नुहॊस »

एसीसी प्रिमियर कप : साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् । दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । भने, समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा रहेको छ …

पुरा पढ्नुहॊस »

ओमानमाथि नेपालको सानदार जित, सन्दीपको विश्व किर्तिमान

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछाएको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाउदै २२६ रन बनाएको थियो । ओमानका खेलाडी अकिब इलयास घाइते भएर ब्याटिंग गर्न नसकेपछि नेपालले खेल ८४ रनले जितेको हो । ओमानका लागि मोहमद नदीमले सर्बाधिक ६५ रन बनाए भने सन्दीप गोउडले ४६ रन बनाएका थिए । त्यस्तै आयान खानले २९, कश्यप प्रजापतिले २५, …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेले रचे नयाँ इतिहास

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी बनेका छन् । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै उक्त दुर्लभ कीर्तिमान कायम बनाएका हुन् । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १०० विकेट …

पुरा पढ्नुहॊस »

एमबाप्पे बने सर्वाधिक गोलकर्ता

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लेन्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलीयन एम्बाप्पे, भितीहा र लियोनेल मेसीले एक एक गोल गरेका थिए । लेन्सका लागि फ्र्यान्कोस्कीले एक गोल फर्काएका थिए । लेन्सविरुद्ध गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं …

पुरा पढ्नुहॊस »

मेस्सीलाई साउदी क्लबबाट आयो बम्पर अफर

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई बम्पर अफर आएको छ । मेस्सीलाई साउदी प्रो लिग क्लब अल हिलालले बम्पर पारिश्रमिक अफर गरेको हो । क्लबले उनलाई वार्षिक ३५० मिलियन पारिश्रमिक दिने औपचारिक अफर गरेको छ । आगामी जुन ३० सम्म फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका मेस्सीलाई अल हिलालले गरेको अफरले फुटबल क्षेत्रमा नयाँ तरंग ल्याएको छ । मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्न आनाकानी गरिरहेको बेला अल हिलालले यो अफर …

पुरा पढ्नुहॊस »