खेल

रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित

काठमाडौं । नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धतक पुरा गरेका दीपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए । …

पुरा पढ्नुहॊस »

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल्न नपाउने

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो । एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने भएकाले उनी फाइनल खेलमा उपलब्ध नहुने जानकारी दिएको छ । फिफा विन्डो फेब्रुअरी १९ …

पुरा पढ्नुहॊस »

नामिबियासँग नेपालले लगातार तेस्रो खेलमा पनि हार्‍यो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । …

पुरा पढ्नुहॊस »

महिला क्रिकेटरको नयाँ ग्रेडिङ, कसले कति पाउनेछन् तलब ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना महिला क्रिकेटरलाई मासिक पारिश्रमिक दिने गरि सेन्ट्रल कन्ट्रयाक दिएको छ । क्यानले ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच ग्रेडमा बिभाजन गरेर १९ खेलाडीलाई २०२४ को सेन्ट्रल कन्ट्रयाक दिएको हो । क्यानाले ग्रेड ए मा पर्ने महिला खेलाडीको मासिक तलब ५० हजार, बी मा रहेका खेलाडीलाई ३५ हजार, सी मा रहेका खेलाडीलाई ३० हजार, डी मा रहेकाका खेलाडीलाई २५ …

पुरा पढ्नुहॊस »

फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी

काठमाडौं । नेपालका राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही फागुन ६ गते मनिषको काठमाडौंस्थित घरबाट ४५ लाख रुपैयाँ चोरी भएको प्रकरणमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका–६ का २४ वर्षीय राजन श्रेष्ठ रहेका छन् । प्रहरी बेलाबेला …

पुरा पढ्नुहॊस »

नेदरल्याण्डससँग नेपाल पराजित

काठमाडौँ । नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो । नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुदै १७२ रन मात्र बनाएको थियो । योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल …

पुरा पढ्नुहॊस »

फुटबलर किरण चेम्जोङ बने बुवा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन् । किरणले श्रीमती कञ्चन निरौला र बच्चासँगैको तस्वीर सामाजिक सञ्जालमा राखेका हुन् । मेडिसिटी अस्पतालमा बच्चा जन्मिएको समेत उनले जनाएका छन् । किरणले गत वर्ष एयरहोस्टेस रहेकी कञ्चनसँग विवाह गरेका थिए ।

पुरा पढ्नुहॊस »

सन्दीप जेल जानु नपर्ने, थुना बाहिरै बसेर मुद्दा लड्न पाउने

काठमाडौं – उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् । सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । …

पुरा पढ्नुहॊस »

नेपाल ‘ए’को दोस्रो हार, क्यानडाले जित्यो सिरिज

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको तेस्रो तथा निर्णायक खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको १८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८.४ औं ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । तेस्रो खेलमा विजयी भएसंगै क्यानडाले नेपालसंगको एक दिवसीय सिरिज जितेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । क्यानडाका …

पुरा पढ्नुहॊस »

दोस्रो खेलमा पनि नेपाल नामिबियासँग पराजित

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ …

पुरा पढ्नुहॊस »