सन्दीपविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै

यसअघि दुईपटक गरी १२ दिनको म्याद थप भए पनि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान बाँकी रहेकाले पुनः थप्ने निर्णय भएको प्रहरीको भनाइ

बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका लामिछानेविरुद्ध बुधबार प्रहरीले तेस्रोपटक म्याद थप्दैछ । थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी थप सात दिन म्याद थप्ने निर्णयमा पुगेको हो ।

२० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध यसअघि दुईपटक सात र पाँच दिनको म्याद थप गरिसकेको छ। उनलाई हाल प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले सन्दीपविरुद्ध म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने बताए । ‘सन्दीपविरुद्ध पुनः म्याद थप गर्ने प्रहरीको तयारी छ। अनुसन्धान गर्न बाँकी भएकाले म्याद थप गर्न लागिएको हो,’ उनले भने, ‘अनुसन्धान सकिएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस होला ।’ थुनछेकको बहस त्यसपछि मात्रै हुनेछ ।

प्रहरी स्रोतका अनुसार हिरासतमा रहेका सन्दीपसँग बयान लिने काम करिब–करिब पूरा भएको छ । घटनालाई लिएर प्रहरीले सन्दीपसँग विभिन्न १३ प्रश्न सोधेको थियो । सबै प्रश्नको जवाफ लिपिबद्ध गर्ने काम पूरा भइसकेको छ । यसक्रममा घटनासँग जोडिएका र बयानमा पोलिएका सबै व्यक्तिसँग प्रहरीले सोधपुछ गरिसकेको छ । केही बयान पुनः ‘भेरिफाई’ गर्नुपर्ने देखिएकाले म्याद थप गर्ने पक्षमा प्रहरी पुगेको हो ।

प्रहरी स्रोतले भन्यो, ‘घटनालाई लिएर बयानका लागि विभिन्न १३ प्रश्न तयार थिए । सबै प्रश्नको जवाफ लिपिबद्ध गर्ने काम लगभग सकिएको छ । यस क्रममा अन्य पक्षसँग पनि सोधपुछ भएका छन् । अझै ‘भेरिफाई’का केही पाटा छन् । यसका लागि थप समय लाग्छ । त्यसैका लागि हो म्याद थप ।’

प्रहरीले सन्दीपविरुद्ध २० असोजबाट गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । जसको अवधि मंगलबार सकिएको छ । तर, मंगलबार सार्वजनिक बिदा भएकाले म्याद थप हुन सकेन । प्रहरीले २४ असोजबाटै बयान लिने काम सुरु गरेको थियो । यस क्रममा उनले प्रहरीसमक्ष ‘इन्कारी बयान’ दिएका थिए । तर, बलात्कृत भएकी भनिएकी बालिकासँग भेट भएको भने उनले स्वीकार गरेका छन् । नयाँ पत्रिकाबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका …

प्रतिकृया दिनुहॊस