दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेका छन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराएका थिए। परिषद्को ११५ औं बोर्ड बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो।
नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी प्रधानमन्त्री देउवाले नेपाली सेनाका प्रधान सेनापतिलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदकसहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो।
तपाईंको प्रतिकृया




