खेल

पत्रकार महिला फुटबल प्रतियोगितामा प्रिन्ट विजेता,अनलाइन उपविजेता

काठमाडौं ।  नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा  प्रिन्ट मिडिया विजेता भएको छ भने अनलाइन मिडिया उपविजेता बनेको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा शनिबार सम्पन्न‘महिला पत्रकार कोषका लागि एक गोल’ नारासहित प्रतियोगितामा  अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना …

पुरा पढ्नुहॊस »

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टा भर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ । दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै आज रामपुरको जग्गा नापजाँच …

पुरा पढ्नुहॊस »

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

एजेन्सी । यसपटककाे विश्वकप फ्रान्सले जितेकाे छ । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने भएका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । स्ट्राइकर एम्बाप्पेले विश्वकपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरे । उनले यतिका पैसा अस्पतालमा उपचाररत र अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो पैसा …

पुरा पढ्नुहॊस »

कति असल राष्ट्रपति किटारोविच

विश्वकप फुटबलको फाइनल खेल फ्रान्सले जितेकाे छ । तर क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचकाे चर्चा अधिक छ। रुसमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन तथा किटारोविच पुगेका थिए । उनीहरुसँगै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि साथमा थिए । फाइनल खेल म्याक्रोन, पुटिन तथा किटारोविचलेसँगै बसेर खेल हेरे । क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर खेल हेर्न पुगेकी थिइन् । उनी टिमको हौसला बढाउनका लागि पुगेकी …

पुरा पढ्नुहॊस »

विश्वकपको उपाधि फ्रान्सलाई

काठमाडौं । फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको छ । मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै फ्रान्सले २० वर्षको अन्तरालमा दोस्रोपटक उपाधि जितेको हो  । पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ राष्ट्रको सहभागिता रहेको विश्व कपमा बेल्जियम तेस्रो भएको थियो । रसिया विश्वकपमा अन्य के–के भए त हेर्नुस् तथ्यमा रसिया विश्वकप  खेल सङ्ख्याः ६४ गोल सङ्ख्याः १६९ गोल पहिलो हाफः ६५ गोल दोस्रो …

पुरा पढ्नुहॊस »

विश्वकप फुटबलको फाइनल खेल आज हुदै

काठमाडौं ।  रुसमा जारी विश्वकप फुटबल २०१८को  फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो  भने क्रोएशियाले इंग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको हो ।फाइनलमा पुगेका फ्रान्स र क्रोएशिया दुवै टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकोको छ ।

पुरा पढ्नुहॊस »

पहिलो पटक विश्वकप फाइनलमा क्रोएसिया

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत दोस्रो सेमिफाइनलमा खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै  क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो  । निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे । जुन गोल जितका लागि निर्णायक बन्यो …

पुरा पढ्नुहॊस »

आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा

एजेन्सी। विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा  हुनेछ  ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ ले हराएर अन्तिम चारमा ठाउँ बनाएको हो ।

पुरा पढ्नुहॊस »

बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकप फाइनलमा

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बेल्जियमलाई हराउदै फ्रान्स १-० ले विजयी हुँदै फाइनलमा पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो ।

पुरा पढ्नुहॊस »

विश्वकप सेमिफाइनलमा आज फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

एजेन्सी।  रुसमा जारी विश्वकप फुटबल २०१८को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा  हुनेछ ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ …

पुरा पढ्नुहॊस »