खेल

आईसीसी यू-१९ एसिया विश्वकप छनोट : मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौंथो शानदार जित निकालेको छ । यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए। दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ …

पुरा पढ्नुहॊस »

मेस्सी बने फिफाको वर्ष खेलाडी

एजेन्सी । अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारेका हुन् । कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास …

पुरा पढ्नुहॊस »

आइसीसी विश्वकप लिग–२ : नेपालको विजयी शुरुवात, पपुवा न्युगिनीलाई हरायो

काठमाडौं । आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४५.२ ओभरमा पूरा ग¥यो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

पुरा पढ्नुहॊस »

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः थुनामा पठाउनु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमति समेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको …

पुरा पढ्नुहॊस »

युनाइटेडले जित्यो लिगकप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो । न्युकासल भने सन् १९६९ यता पहिलो उपाधि जित्ने उद्देश्यमा भए पनि त्यसमा सफल रहन सकेन । युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा गरेको दुई गोल नै खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो । व्यवस्थापकमा एरिक टेन हाग आएयता …

पुरा पढ्नुहॊस »

ओलम्पिक छनोट खेल नेपालमा हुने

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो ।  समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ । यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ । एसियाली …

पुरा पढ्नुहॊस »

सन्दीपलाई विदेश खेल्न जान सर्वोच्चले दिएन अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्वीकार गरेको छ । आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनको आज न्यायाधीश ईश्वर खतिवडाको इजलासले सुनुवाई गरेको हो । साथै सर्वोच्चले सन्दीपको अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम शनिबार युएई जाँदैछ । उक्त …

पुरा पढ्नुहॊस »

यूएई जाने क्रिकेट टोलीमा परेनन् सन्दीप

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । यूएईमा यही फागुन १५ गतेदेखि हुने श्रृंखला खेल्नका लागि आज (बिहीबार) नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय श्रृंखला रहेका सन्दीप लामिछाने परेका छैनन् । मौसम ढकाल र प्रतिश जिसीले टोलीमा स्थान बनाएका छन् …

पुरा पढ्नुहॊस »

स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा

काठमाडौँ । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बाराको सिम्रौनगढ ३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए । उनीहरूलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । अब अदालतले माग गरेको धरौटी बुझाएर उनीहरू …

पुरा पढ्नुहॊस »

रोहित र करणको उत्कृष्ट ब्याटिंगमा नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएका थिए भने करण केसीले अविजित ३१ रन बनाएका थिए । कप्तान पौडेल र केसीले नवौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । नेपालका …

पुरा पढ्नुहॊस »